बजरंगबली बचत तथा ऋण सहकारी संस्थाको परिचय
२०६८ साल कार्त्तिक २० गते म.थि.न.पा. वडा नं. १६, लोहकिल्थलीका स्थानिय स्तरको २५ जना महिला तथा पुरूषहरू मिलि "सेवा नै धर्म हो" भन्ने महान आदर्शलाई आत्मसात गर्दै स्थानिय स्तरदेखि नै "सकारात्मक विचार समृद्ध एवं सम्मनुत समाज र आर्थिक उन्नतिको लागि सहकारी" भन्ने मूल नारालाई बुलन्द गरि डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत रूपमा दर्ता गरी २०६८ साल मंसिर १५ गतेदेखि आवद्ध सदस्यहरूलाई सेवा पुऱ्याउदै आईरहेका छौं।
सदस्यहरूको बचत सुरक्षित गर्दै उचित ब्याजदरमा ऋण उपलब्ध गराई आर्थिक उन्नति हासिल गर्न सहयोग पुऱ्याउनु।
एक समृद्ध, सम्मानित र आत्मनिर्भर समाज निर्माण गर्न सहकारी आन्दोलनको माध्यमबाट योगदान पुऱ्याउनु।
इमानदारिता, पारदर्शिता, जिम्मेवारी र सदस्यहरूप्रतिको समर्पण।
२५ जना संस्थापक सदस्यहरूद्वारा संस्थापना
डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत दर्ता र सेवा सुरु
NEFSCUN र राष्ट्रिय सहकारी बैंकसँग सम्बद्धता
विभिन्न सामाजिक सेवा कार्यक्रमहरूको विस्तार
१५०० भन्दा बढी सदस्यहरूसँग अग्रगामी यात्रा जारी